काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियानको शुभारम्भ गरेका हुन्। हिन्दु धर्मका गुरुहरूको उपस्थितिमा शुभारम्भ गरिएको सो अभियानले आगामी फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि निर्णायक संघर्ष गर्ने चेतावनी पनि दिइएको छ।
अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले हिन्दु धर्म आम नेपालीको साझा पहिचान र संस्कृति भएकाले त्यसको रक्षाका लागि राष्ट्रिय अभियाननै संचालन गर्नु परेको स्पष्ट पारे। उनले आफूहरूको अभियान सरकार र कुनै पनि धर्म विशेषप्रति लक्षित नरहेको पनि बताए। करिव ९४ प्रतिशत सनातन धर्मका अनुयायी नेपालीहरूको पहिचान जोगाउन पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापनाको कामलाई जोड दिएको अध्यक्ष थापाको तर्क छ।
अध्यक्ष थापाले विदेशीको इशारामा नेपाललाई हिन्दु राष्ट्रबाट हटाउने निर्णय लिएको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने निर्णय खारेज गर्न संविधान संशोधनको प्रस्ताव ल्याउन पनि सरकारसँग माग गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।