अर्थ

काठमाडौंमा मासुका लागि भारतबाट ल्याइन्छन् साढे पाँच लाख बोका

अग्रिम आयकरको समस्यामा व्यवसायी

साउन २, २०७५

    काठमाडौं : मासुको उपभोग बढ्दै गएपछि खपत बढेको छ। काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिने गरेको छ। 

    प्रालिले बुधबार गरेको कार्यक्रमममा स्वदेशी उत्पादनले अपुग भएपछि अहिले भारत र चीनबाट खसिबोका आयत गर्नुपर्ने भएको हो। उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसीबोका आयात गरिँदै आएको छ। 

    काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौं। उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ । काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ। पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताए। 

    आयकरको मारमा परेको गुनासो
     कृषि क्षेत्रमा अत्यावश्यक खाद्यवस्तुका आयातमा यस अगाडिको व्यवस्थालाई यथावत राख्दै ५ प्रतिशत अग्रिम आयकर लिने निर्णयले व्यापारी मारमा परेको गुनासो गरेका छन्। आर्थिक बर्ष ०७५/७६ मा पशुवस्तु आयात गर्दा ५ प्रतिशत अग्रिम आयकर लिने निर्णय गरेको भन्दै यसले व्यवसायमा समस्या पार्ने व्यवसायीले गुनासो गरेका छन्। 

    यसअगाडि ५ प्रतिशत कृषि शुल्क लिने गरेको त्यस्मा अहिले अग्रिम आयकर ५ प्रतिशत थपिएपछि १० प्रतिशत गरी दोहोरो आयकर शुल्क तिर्नुपर्ने बाध्यता रहेको व्यापारीहरूको गुनासो छ। यसले व्यापार धराशयी हुने र आयातित पशुजन्य वस्तुको मुल्य बढ्दा उपभोक्ता पनि मारमा पर्ने भएकाले तत्काल यो निर्णय सरकारले सच्याउनुपर्ने काठमाडौ चौपाया खरिद बिक्री प्रालिका सचिव जीवनलाल खतिवडाले बताए। 

    सरकारले दोहोरो आयकर लिने तर, व्यवसायीले भने आयात भएका पशुजन्य कच्चा वस्तुको बजार मूल्यअनुसार बिक्री गर्नुपर्ने बाध्यता आउने भन्दै त्यो निर्णय सच्याउनुपर्नेको उनको भनाइ छ। 

    अहिले कृषि मेसिनरी, पशुजन्य वस्तुलगायत अन्य वस्तुको आयातमा सरकारले अग्रिम ५ प्रतिशत आयकर तोकेको छ। अहिले मासिक ११ हजार खसी, बोका छिमेकी भारत र चीनबाट आयात हुने गरेको उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]