राजनीति

नेविसंघद्वारा इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै प्रर्दशन

फाइल फोटो
साउन २, २०७५

    काठमाडौं : सरकारले इन्टरनेट सेवा शुल्क बढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले विरोध प्रर्दशन सुरु गरेको छ।

    नेपाल विद्यार्थी संघले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पुर्‍याएको भन्दै बुधबार दिउँसो कमलादीस्थित नेपाल दूरुसंचार प्राधिकरण कार्यालय परिसरमा धर्नासहितको विरोध प्रर्दशन गरेको हो। त्यस क्रममा संघले तत्काल बढाइएको सेवा शुल्क फिर्ता नगरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएको छ। सरकारले विद्यार्थीहरूलाई झनै मारमा पार्नेगरी इन्टरसेवा शुक्ल १३ प्रतिशत पुर्‍याएपछि त्यसको विरोधस्वरूप धर्नासहितको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

    संघले इन्टरनेटमा बढाएको सेवा शुल्क तत्काल घटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी पनि गरेको छ। अध्यक्ष महरले सूचनामाथि प्रतिबन्ध लगाउने खालका गतिविधिमा संलग्न नहुन पनि सरकारलाई चेतावनी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]