राजनीति

कांग्रेसको अहिलेको आन्दोलन सांकेतिक मात्रै : नेता पौडेल

साउन २, २०७५

    चितावन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताएका छन्। बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अहिले गरेका क्रियाकलापहरूप्रति असन्तुष्टि जनाउँदै कांग्रेस आन्दोलनमा आउनु परेको भन्दै अहिलेको आन्दोलन सांकेतिक मात्रै भएको बताएका हुन्।

    अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढङ्गले उल्टाएको, अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार व्याप्त भएका कारण प्रतिपक्षले आन्दोलन गर्नु परेको उनको भनाइ थियो। कांग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ त्यसलार्इ हेरेर थप आन्दोलनका कार्यक्रमहरू ल्याउने उनले बताए।

    जनताका जनजिविकाको पक्षमा कांग्रेस लागि रहने भन्दै उनले अहिले पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गरे। 'भरखरै बनेको सरकार छ, प्रतिपक्षको भूमिकाको नाममा असहिष्सुणता प्रदर्शन गर्नु पनि भएन', उनले भने।

    एक फरक प्रसंगमा बोल्दै नेता पौडेलले सरकारले गरेको राजदूत नियुक्ति प्रकृयामा असन्तुष्टि जनाएका छन्। पौडेलले यो संविधानले भविष्यमा हुने सरकारी नियुक्तिका कारण संवैधानिक अंगका पदाधिकारीहरूको कार्यसम्पादनमा प्रभाव नपरोस् भनेर संविधानको धाराको व्यवस्था गरिएको उनले बताए।

     नेपालको संविधानमा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तको रूपमा काम गरीसकेका व्यक्तिहरूलाई पछि सरकारको अर्को नियुक्तिमा उपयुक्त छैन भन्ने अर्थमा राखिएको पौडेलले बताए।

    राजदूत नियुक्तीका क्रममा संविधानमा व्यवस्था भएअनुसार अहिलेको सरकार नचलेको उनले आरोप लगाए। सरकारी नियुक्ति पाएका व्यक्तिले आफ्नो पदिय दायित्व निर्वाह गर्दा सरकारको पक्ष लिने काम नहोस र त्यसबाट आशावादी भएर पक्षपात नगरुन भन्ने आशयले त्यो धारा राखिएको उनको भनाइ थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]