बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
काठमाडौं : बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रविना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ। नेपालमा समाजसेवी सरु सुनार, किशोर सुनुवारलगायतले राजधानीमा पत्रकार सम्मेलन गरेर रविनालाई उक्त आश्रमको जिम्मा दिएका हुन्।
दलित, महिला र उत्पीडितहरूको हितमा काम गर्दै आएकी समाजसेवी सुनारले रविनाले राज्यबाट न्याय पाउन नसकेको गुनासो पोखेकी छन्। ‘हामीले सामाजिक सञ्जालमा रविना बादीको दुखान्तपूर्ण भिडियो भेट्यौँ, त्यसपछि उहाँको उद्धारमा जुटेका थियौँ', उनले भनिन्, 'नेपालको कानुनले पूर्ण रुपमा दोषी मानिएको छुवाछुतले अझै पनि समाजमा ब्याप्त जरा गाढिरहेकै छ, राज्यले यस प्रकारको अत्याचारलाई निर्मुल गर्नको लागि कडा सजाय तोक्नुपर्छ ।’
पत्रकार सम्मेलनमा पीडित रविनाले श्रीमान् श्याम ओलीले सार्वजनिक रूपमा आएर आफू र पाँच महिनाको छोरालाई स्वीकार गरोस् भन्ने ईच्छा प्रकट गरेकी छन्। उनले अघि थपिन्, ‘हिजोको दिनहरूमा हामीले सहमतिमै विवाह गरेका हौं, आज घरपरिवार सबै मिलेर मलाई अन्यायमा पार्ने खोजियो, पाँच महिनाको छोरा छ, यस बाबुको के दोष छ र? यसको भविष्य र मेरो जीवनको पूर्ण रुपमा जिम्मा श्यामलाल ओलीले नै लिनुपर्छ।’
कार्यक्रममा समाजसेवी किशोर सुनुवार, मानवसेवा आश्रमका सुमन बर्तौला, महिला तथा बालबालिका सेवा हाउस कैलाली अध्यक्ष जानकी मरासिनि लगायतले पीडित रविना र उनका पाँच महिनाका छोराको भविष्य सुनिश्चत गर्न सबैलाई आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।