काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अ...
नवलपरासी : महेषपुर छोटी भन्सार कार्यालयले गत आर्थिक वर्षमा आठ करोड ६९ लाख ८६ हजार ४१४ रुपैयाँ राजश्व संकलन गरेको छ। पछिल्लो समयमा सीमा नाकामा कडाई गरिएसँगै राजश्व संकलनमा समेत बृद्धि भएको छ।
गत जेठ महिनामा मात्र कार्यालयले एक करोड १८ लाख ६३ हजार ६६१ रुपैयाँ राजश्व संकलन गरेको थियो भने असार महिनामा ६३ लाख ५९ हजार ७७६ रुपैयाँ गरी पछिल्लो दुई महिनामा मात्र एक करोड ८२ लाख २३ हजार ४३७ रुपैयाँ राजश्व संकलन गरेको छ।
पछिल्लो समय सीमा नाकामा गरिएको कडाईसँगै भन्सार गर्ने माल सामानमा बृद्धि भएकोले आर्थिक वर्ष २०७२/०७३ को तुलनामा तीन करोड ६९ लाख, ८६ हजार ४१४ रुपैयाँ बढी राजश्व उठाउन सफल भएको महेशपुर छोटी भन्सारका सुब्बा ईश्वरी चापागाईंले जानकारी दिए।
लामो समयदेखि महेषपुर छोटी भन्सारलाई मूल भन्सारको रूपमा स्तरबृद्ध गर्न विभिन्न सरोकारवाला निकायले माग गर्दै आए पनि हालसालै मात्र नेपाल सरकारले मूल भन्सारको रूपमा स्तरबृद्धि गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।