समाज : सुरक्षा/अपराध

कृषि विकास अधिकृत २५ हजार घुससहित पक्राउ

साउन २, २०७५

    धनगढी : प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन परियोजनाका कैलालीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादवलाई २५ हजार घुससहित अख्तियारको टोलीले बुधबार पक्राउ गरेको छ। कैलारी गाउँपालिका-८ मा रहेको कार्यालयमा घुसवापत लिएको २५ हजार नगदसहित उनलाई रंगेहात पक्राउ गरिएको हो।

    गहुँवाली  चक्रको वृत्तचित्र निर्माण गर्ने सम्झौताअन्तर्गत भ्याटसहित ५० हजारको काममा ५० प्रतिशत अर्थात २५ हजार घुस खाने क्रममा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो। वृत्तचित्र निर्माणका लागि काम पाएका सुशिल ढुंगानावाट रकम लिने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेका हुन्। पक्राउ परेका यादवलाई थप कारवाहीका लागि बिहीबार काठमाडौं पठाइने बताइएको छ।

    यस अघि पनि यादवले तीन करोडको कृषि ओजार खरिदमा अनियमितता गरेको आरोप लागेको थियो। किसानसँग कमिसन माग्ने, प्रकृया पूरा नगरेर माटो परीक्षण प्रयोगशालको रकम निकास गरेको, विभिन्न सस्थाको परियोजनाअन्तर्गत कार्यक्रम संचालन गर्दा १५ देखि २० प्रतिशत रकम माग गर्ने गरेको आरोप लाग्दै आएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]