जनकपुरधाम : ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका व...
दैलेख : भारतको मुम्बइबाट सुन चोरी गरेर फरार भएको आरोपमा प्रहरीले दैलेखका एक युवकलाई पक्राउ गरेको छ। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-७ का खगेन्द्र आचार्यलाई इलाका प्रहरी कार्यालय दुल्लुले पक्राउ गरेको हो।
आचार्यको साथबाट १९ ग्राम ४६० मिलिग्राम सुनसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए। सुन चोरीमा संलग्न रहेको आरोपमा आचार्यका साथी चामुण्डाविन्द्रासैनी नपा-५ का अनिल रेग्मीलाई मुम्बइ प्रहरीले यसअघि नै पक्राउ गरिसकेको उनले बताए। रेग्मीले मुम्बईको स्थानीय प्रहरीलाई दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिएका हुन्।
आचार्यलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेख ल्याइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आचार्यले सुन चोरी गरिसकेर १०/१० तोला भाग लगाएको बयान दिइसकेको प्रहरीले जनाएको छ। आचार्य सुन चोरी गरेर नेपाल आएको तीन महिनापछि पक्राउ परेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।