काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ...
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–७ मनकापुरमा नरबहादुर बिक र उनका छोरा रमेश बिकले छिमेकीलाई चक्कु प्रहार गरी हत्या गरेका छन्। बाबुछोराले स्थानीय मानबहादुर समै मगरलाई बुधबार साँझ चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते मगरको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते मगरको मसुरियामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
चक्कु प्रहार गर्ने बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साउने संक्रान्ति मनाउने क्रममा भएको विवादका बाबुछोराले मगरमाथि आक्रमण गरेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।