पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
पर्वत : म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोटमा विद्युत अवरुद्ध हुँदा ३९४ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।
गत सोमबार ३० किलोवाट क्षमताको दाजुङखोला लघु जलविद्युत परियोजनाको टर्बाइनको बेरिङमा बाढीले क्षति पुर्याउँदा विद्युत आपूर्ति ठप्प भएको लघु जलविद्युत परियोजनाका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिए।
केन्द्रीय विद्युत प्रशारण लाइन नपुगेको च्युरीबोट र वडा नं. ३ डाँडागाउँका केही वस्तीका नागरिकहरुले उक्त लघु जलविद्युत परियोजनाको विद्युत उपभोग गर्दै आएका छन्। विद्युत आपूर्ति बन्द हुँदा सञ्चार सेवासहित विद्युतबाट हुने सबै काम पूर्ण रूपमा ठप्प भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।