राजनीति

गोविन्द केसीलाई आज काठमाडौं ल्याइने

साउन ३, २०७५

    जुम्ला : सरकारले अनशनरत डा.गोविन्द केसीलाई उपचारका लागि बिहीबार काठमाडौं ल्याउने भएको छ। उपचार भइरहे पनि स्वास्थ्य अवस्था बिग्रिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेपछि उनलाई काठमाडाै‌ं ल्याउन लागिएको हो।

    त्यस्तै बुधबार बेलुकी बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको थियो।

    केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि कतिबेला ल्याइँदै छ भन्नेबारे बताइएको छैन। यद्यपि, उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडौं लैजान लागिएको भन्दै विरोध जनाएका छन्।

    चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्नेलगायतका माग राखेर डा.केसी जुम्लामा १९ दिनदेखि अनशनरत छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]