समाज

वन्यजन्तु अपराध आरोपमा निकुञ्जद्वारा एकजना पक्राउ

साउन ३, २०७५

    चितवन : वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले माडीबाट थप एक जनालाई पक्राउ गरेको छ। 

    गत असार तेस्रो साता पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा माडीबाट एक जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। दुईदिन अघि पक्राउ परेका उनको विषयमा अहिले अनुसन्धान भइरहेकाले परिचय नखुलाइएको ढकालले बताए। 

    दक्षिण चितवनको माडी सोमेश्वर क्षेत्रस्थित भारतीय सीमा नजिकैको कोरिडोरबाट असार तेस्रो साता सात भारतीय नागरिक पक्राउ परेका थिए। त्यसमध्ये एकजना यसअघि गैँडा तस्करीमा संलग्न रहेको भन्ने खुलेको निकुञ्जले जनाएको छ। 

    उनलाई जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र अन्य ६ जनाको विषयमा निकुञ्जले नै मुद्दा हेरिरहेको ढकालले जानकारी दिए। उनीहरु सोमश्वर क्षेत्रबाट बन्दोबस्तीका सामानसहित पक्राउ परेका थिए। ‘उनीहरुले नै घटनामा माडीका एक जनाको नाम लिए, त्यसैले उनलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएका छौँ', ढकालले भने।

    हातहतियार भने नभेटिएकाले टोली परिचालन गरेर जंगलमा हातहतियारको खोजी भइरहेको निकुञ्जले जनाएको छ। वर्षा लागेसँगै सीमा क्षेत्रमा तस्करहरूको चहलपहल बढ्न सक्ने भएकाले सुरक्षा कडा बनाइएको चितवन निकुञ्जले जनाएको छ।

    चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो संरक्षित क्षेत्र हो। दुर्लभ एकसिंगे गैंडाका लागि विश्वकै दोस्रो महत्त्वपूर्ण संरक्षित क्षेत्र मानिन्छ। यो निकुञ्ज गैंडासँगै पाटेबाघ, हात्ती, मृग, चित्तल, गौरीगाई, गोही, भालु, चितुवा,अजिंगर र चराचुरुङ्गीको बासस्थान छ।

    पछिल्ला समयमा चितवन निकुञ्जमा प्राकृतिक रुपमा र विभिन्न आन्तरिक घटनाका कारण दुर्लभ वन्यजन्तुहरुको मृत्यु हुने क्रम बढेको छ भने चोरी र तस्करीका घटना न्यून भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]