राजनीति

एक वर्षमा ८०० लाई वैवाहिक अंगीकृत नागरिकता

साउन ३, २०७५

    बाँके : आर्थिक वर्ष ०७४\७५ मा बाँकेबाट ८०० जनाले वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका छन्। जिल्ला प्रशासन कार्यालय ७२५, इलाका प्रशासन कार्यालय नरैनापुरबाट ५० र इलाका प्रशासन कार्यालय काेहलपुरबाट २५ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन्।

    आर्थिक वर्ष ०७४\७५ मा जिल्ला प्रशासन कार्यालयबाट व‌ंशजका आधारमा १५ हजार ६५१ नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। 

    उनका अनुसार जिल्ला प्रशासन कार्यालयले नौ हजार तीन सय ८१, इलाका प्रशासन कार्यालय नरैनापुरले एक हजार ६ सय र इलाका प्रशासन कार्यालय कोहलपुरले पाँच हजार चार सय ७० नागरिकता वितरण गरेका छन्। आव ०७४\७५ मा बाँकेका ६ हजार १९३ जनाले नागरिकताको प्रतिलिपी लिएको प्रशासनले जनाएको छ। 

    एक वर्षको अवधिमा ६ हजार एक सय ३३ वटा राहदानी जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैगरी, राहदानी विभागबाट पाउनेगरी दुई हजार २६५ वटा द्रुत सेवा राहदानीका लागि प्रशासनले सिफारिस गरेको छ। आर्थिक वर्ष ०७३\७४ भन्दा आव ०७४\७५ मा राहदानी कम वितरण भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। ‘राहदानी कम वितरण भएको असर राजश्वमा पनि परेको छ,’ उनले भने। 

    अघिल्लो वर्ष प्रशासनले मुद्दा कम फर्छ्योट गरेको छ। प्रशासनले आव ०७३\७४ भन्दा झण्डै ६ प्रतिशत कम मुद्दा किनारा लगाएको छ। एक वर्षमा प्रशासनले ६३.६७ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो। आर्थिक वर्ष ०७३\७४ बाट सरेर आएका १४४ र आव ०७४\७५ मा दर्ता भएका ६०२ मध्ये ४७५ मुद्दा फर्छ्योट भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।

    बाँके प्रशासनले आव ०७३\७४ मा ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको थियो। दुई वटा निर्वाचन र डेढ महिना तालिममा सहभागी हुनु परेका कारण मुद्दा किनारा लगाउन विलम्ब भएको प्रजिअ केसीले बताए । ‘झण्डै तीन महिना पेशी चढ्न सकेन,’ उनले भने। तर, ५० प्रतिशत भन्दा माथि मुद्दा फर्छ्योट भए सन्तोषजनक मान्न सकिने तर्क उनले गरे। 

    सोँचे जस्तो मुद्दा फर्छ्योट गर्न नसकेको स्वीकार गर्दैै प्रजिअ केसीले एक वर्षनाघेका मुद्दा एकदमै कम रहेको बताए। उनले एक वर्षनाघेका १० प्रतिशत मुद्दामात्र प्रशासनमा मौज्दात रहेको बताए। 

    एक वर्ष नाघेका मुद्दालाई प्राथमिकतामा राखेको बताउँदै उनले आगामी दिनमा मुद्दा फर्छ्योटमा ध्यान दिने बताए। ‘मुद्दाको प्रकृति हेरेर सुनुवाइ भइरहेको छ, पुरानालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ,’ उनले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]