समाज

सर्वसाधारणलाई ३६ लाख रुपैयाँका १२ लाख बिरुवा

साउन ३, २०७५

    कञ्चनपुर : वनमाथिको निर्भरता हटाउन भन्दै जिल्लामै उत्पादित ११ लाख ८३ हजार बिरुवा  वितरण गरिएको छ। निजी वन स्थापना गरी वनमाथि स्थानीय बासिन्दाको निर्भरता हटाउन र आर्थिक अवस्थामा सुधार ल्याउन सर्वसाधारणलाई बिरुवा वितरण गरिएको हो।

    'सरकारी र सामुदायिक वनमा रोप्नका लागि मात्रै विगतमा बिरुवा उत्पादन गर्दै आएका थियौँ', वन कार्यालय कञ्चनपुरका प्रमुख शिव शर्माले भने ‘दुई वर्षदेखि स्थानीय बासिन्दालाई निजी जग्गामा बिरुवा रोप्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौं।’

    स्थानीय बासिन्दालाई घर घरमा बिरुवा रोप्नका लागि निःशुल्क बिरुवा उपलब्ध गराइएको उनले बताए। उनका अनुसार केही बिरुवा सामुदायिक वन, राष्ट्रिय वन र सार्वजनिक जग्गामा समेत रोपिएको छ। 

    स्थानीय बासिन्दालाई बिरुवा वितरण गर्न जिल्ला वन कार्यालय र मातहतका कार्यालयमा गरी छ लाख तीन हजार बिरुवा नर्सरीमा उत्पादन गरी वितरण गरेको छ। जसको लागत प्रतिबिरुवा नौ रुपैयाँ छ। बिरुवा उत्पादनका लागि वन कार्यालयले  ३६ लाख २७ हजार रकम खर्च गरेको छ।

    नीजि नर्सरी बनाउनका लागि सात जना किसानलाई अनुदानस्वरुप १६ लाख रुपैयाँ उपलब्ध गराई दुई लाख बिरुवा उत्पादन गरिएकाे छ। याे वर्ष आफ्नै लगानीमा स्थानीय तहले समेत नर्सरी बनाई बिरुवा उत्पादन गरी वितरण गरेको छ।

    भीमदत्त नगरपालिकाले एक लाख ५० हजार, बेदकोट नगरपालिकाले ३० हजार, शुक्लाफाँटा नगरपालिकाले एक लाख, पुनर्वास नगरपालिकाले एक लाख ५० हजार, बेलौरी नगरपालिकाले एक लाख र लालझाडी गाँउपालिकाले ५० हजार बिरुवा उत्पादन गरेका छन्। जसको लागत ५२ लाख ३० हजार रुपैयाँ रहेको छ।

    बिरुवा उत्पादनका लागि मात्रै जिल्ला वन कार्यालय र स्थानीय तहले गरी ९४ लाख ५७ हजार रुपैयाँ खर्च गरेका छन्। स्थानीय तहले बिरुवा उत्पादन गरी एक घर एक बिरुवा रोप्ने अभियान समेत सञ्चालन गरेका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]