राजनीति

केसीलाई लिन अस्पताल छिर्‍यो प्रहरी, हेलिकोप्टरमा राख्‍ने तयारी

साउन ३, २०७५

    काडमाडौं : डा. गोविन्द केसीलाई काठमाडौ ल्याउनका लागि भिडलाई तितर बितर बनाएर प्रहरी अस्पतालभित्र प्रवेश गरेको छ। डा. केसीलाई हेलिकोप्टरमा राखेर थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जुम्ला संवाददाता रतन नेपालीले बताएका छन्। सो क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीको लाठीचार्जबाट थुप्रै व्यक्तिहरू घाइते भएका छन्। यद्यपि, के कति संख्यामा घाइते भए भन्ने यकिन संख्या आउने बाँकी छ। 

     डा गोविन्द केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीलाई केसीका समर्थकले गोविन्द केसीलाई भेटन दिएका थिएनन्।  काठमाडौंबाट गएको स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीसहितको टोलीलाई केसीका समर्थकले भेट गर्न नदिएका हुन्।

    डा. केसीलाई लिन जुम्ला पुग्यो सेनाको हेलिकोप्टर, केसीका समर्थकको विरोध 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]