काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीको हटलाइन नं. १०० मा फोन गरी धम्की दिइने गरिएको छ।
एक सातादेखि राति ९ देखि १२ बजेसम्म फोन गरी अश्लिल शब्द प्रयोग गर्दै धम्की आउने गरेको प्रहरीले जनाएको छ। फोनमा ‘म डिएसपी हुँ तेरो जागिर खाइदिन्छु’ भन्दै धम्की आउने जिल्ला प्रहरी कार्यालयले बताएको छ।
कार्यालयको हटलाइन नं.मा ९८०५२२१४८४, ९८२१५२९१७३ र ९८०६१५५४२७ नम्बरको मोबाइल फोन आउने गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खडकाले फोन गरी धम्क्याउने व्यक्तिको खोजी कार्य जारी रहेको बताए। उनले ती व्यक्तिको पहिचान गरी चाँडै कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।