राजनीति

प्रतिनिधिसभाको कार्यसूचीमा राख्दै हटाइँदै 'चिकित्सा शिक्षा विधेयक'

साउन ३, २०७५

    काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि पेश नहुने भएको छ। 

    यसअघीका बैठकमा पनि यो विधेयक राख्ने र हटाउने गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि यो विषय कार्यसूचीबाट हटाइँदै आएको छ। उक्त कार्यको निरन्तरता बिहीबार पनि देखिएको हो।

    यहीँ विधेयकको विरोधमा र चिकित्सा शिक्षामा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी २० दिनयता जुम्लामा अनशनमा छन्। उनलाई सरकारले उपचारका लागि काठमाडौं ल्याउन लागेको छ। उनको यसै विषयमा १५औँ अनशन हो। विगतमा सरकारले अध्यादेश मार्फत केसीका माग पूरा गर्न आँटेकोमा नयाँ सरकारले अध्यादेशमा भएका प्रावधान हटाएको भन्दै डा. केसी अनशनमा बसेका हुन्। 

    यसअघि जारी गरिएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा परेको विधेयक प्रस्तुत गरे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएपछि कार्यसूचीबाट हटाइएको हो। 

    प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा उक्त विधेयक पेश हुने दैनिक कार्यसूची रहेको थियो। जसमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेस सांसद गगनकुमार थापा, संघीय समाजवादी फोरमकी सांसद सरिता गिरी र नेमकिपाका सांसद प्रेम सुवालको विरोधको प्रस्ताव निर्णयार्थ पेश गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको भएपनि अन्तिम समयमा उक्त कार्यसूचीमा फेरबदल गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्। 

    आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले 'बिमा विधेयक- २०७५' प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त विधेयकमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राखेका छन्। सुवालको उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री खतिवडाले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै संघीय र प्रदेश संसदहरू अवरूद्ध गर्ने निर्णय गरेकाले आजको संसदको कारबाही अगाडि बढ्नेमा अन्योल छ। 

    बिहीबारको पहिलो कार्यसूची :

    परिवर्तित कार्यसूचीः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]