राजनीति

राष्ट्रपति विद्या भण्डारीलाई अफगानी राष्ट्रपतिको फोनः १२ नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त

फाइल फोटोः telegraph.co.uk
असार ८, २०७३

    काठमाडौं : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन्।  

    टेलिफोन वार्ताका क्रममा राष्ट्रपति घानीले हमलामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। 

    कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले यस दुःखद् घटनाबाट सबै शान्तिप्रेमी नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउँदै अफगानिस्तान सरकारले त्यहाँ रहेका नेपालीहरुको उचित सुरक्षाका लागि आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरिन्।

    उनले नेपालले सबै प्रकार र स्वरुपका आतङ्कवादको कडा भत्र्सना गर्दै आएको र यस निन्दनीय आतङ्ककारी हमलाको कडा भत्र्सना गर्दै आतङ्कवादविरुद्धको विश्वव्यापी लडाइँमा नेपाल र अफगानिस्तानबीच सहकार्य जारी रहने बताइन्।

    टेलिफोन संवादमा यस प्रकारको सङ्कटको सामना गर्न नेपाल सरकार अफगानिस्तान सरकारसँग हरदम साथ रहने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान सङ्कटबाट पार पाउन र आतङ्कवादमाथि विजय प्राप्त गर्न अफगानिस्तान सरकारलाई सफलता मिलोस भन्ने कामनासमेत गरिन्।

    टेलिफोनका क्रममा अफगान राष्ट्रपति घानीले हमलामा परेर निधन भएकाको शव नेपाल पठाउन पूर्ण सहयोग गरिने र घाइतेहरुको उपचारका लागि आफ्नो सरकारले प्राथमिकता दिएको बताए।  

    सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १२ नेपालीको निधन भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]