समाज

स्कुल हिँडेका बालक ६ दिनदेखि बेपत्ता

नेपालको नक्शामा रातो रङमा बैतडी जिल्ला
असार ८, २०७३

    बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका एक बालक विगत छ दिनदेखि बेपत्ता भएका छन्। 

    स्थानीय दुर्गास्थान उच्च माविमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द छ दिनदेखि बेपत्ता भएका हुन्। गत असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले जानकारी दिए।  

    “जेठ ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको थियो,” उनले भने, “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी गर्‍यौं तर केही पत्तो लागेन।” 

    बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा निवेदन दिएपनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेत उनले बताए।  

    बेपत्ता छोराको खोजी गरिदिन हर्कबहादुरले सबैसँग आग्रह गरेका छन्। गहुँगोरो वर्ण, ५ फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ। 

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी जारी राखेको बताए।  

    बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाटलगायतका अन्य क्षेत्रका सबै प्रहरी चौकीलाई खबर गरी बेपत्ता बालकको खोजी गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]