समाज

संरक्षण अभावमा सेनाले रोपेका २० हजार विरुवा मरे

साउन २२, २०७५

    उदयपुर : चुरे जंगलमा हरियाली बनाउन नेपाली सेनाले रोपेको विरुवा मरेका छन्। एक वर्षअघि साउनमा रोपिएको विरुवा संरक्षणको अभावमा नष्ट भएको हो।

    सेनाले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा त्रियुगा नगरपालिका–५ वुर्जाकान्ला र सन्यासी सामुदायिक वन क्षेत्रमा २०७४ साउन ११ मा रोपेको थियो। सेनाका तत्कालीन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरी वृक्षारोपण गरेको विरुवा संरक्षणको अभावमा हराइसकेको छ।

    सामुदायिक वन क्षेत्रको २० हेक्टर जग्गामा सेनाले विभिन्न प्रजातिका बाँस तथा फलफूलका २० हजार बोटविरुवा रोपेको थियो। स्थानीय रणशेर बिकले सेनाले रोपेर पनि संरक्षणा नहुँदा २० हजार विरुवा मरेको बताए। ‘क्याम्प हालेर रोपेका थिए, एक पटक हेर्न आए,’ उनले भने, ‘रेखदेख र सिँचाइ नगर्दा सबै विरुवा मरे।’

    विरुवा रोपेपछि गोडमेल, स्याहारसुसार र मलजल नभएकाले मरेको स्थानीय रमा बस्नेत बताइन्। वृक्षारोपण गरिसकेपछि सामुदायिक वन समूह, नेपाली सेना तथा जिल्ला वन कार्यालयबाट उचित सरक्षण हुन नसक्दा विरुवा नष्ट भएको स्थानीयको आरोप छ।

    विरुवाको छनौटमा कमजोरी र गोडमेल नभएकाले विरुवा मरेको बुर्जाकान्ला सामुदायिक वन समूहका अध्यक्ष सूर्यबहादुर बस्नेत बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]