राजनीति

बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने

प्रतीकात्मक फोटो
साउन २५, २०७५

    काठमाडौं : बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने बाटो खुलेको हो। शुक्रबार काठमाडौंमा बगलादेशले नेपालबाट पाँच सय मेघावाट विद्युत खरिद गर्न पाउने गरी दुवै मुलुकबीच जलविद्युत क्षेत्रमा लगानी बढाउने समझदारी गरिएको छ।

    नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्त्वपूर्ण समझदारी गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले जानकारी दिए। उहाँले दुई मुलुकबीच जलविद्युत खरिदका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाइन बनाउने समझदारी पनि गरिएको छ।

    कार्यक्रममा बोल्दै बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री हमिदले नेपालको जल विद्युतमा लगानी गर्न दुई मुलुकबीच समझदारी गरिएको बताए। उनले सौर्य ऊर्जाको लागि नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न पनि आफ्नो मुलुक तयार रहेको स्पष्ट पारे।

    नेपाल र बंगलादेशबीच पहिलो पटक नेपालको जलविद्युतमा लगानी भित्र्याउने समझदारी गरिएको हो। सो समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा दुवै मुलुकका विस्तृत छलफल गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]