विश्व

ब्राड पिटविरुद्ध अदालत पुगिन एन्जेलिना जोली

एजेन्सी
साउन २५, २०७५

    अमेरिकी अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोली दुई वर्षे वैवाहिक सम्बन्ध विच्छेद भएको सन् २०१६ मा घोषणा गरे। तर सम्बन्ध विच्छेदकै विषयलाई लिएर हालै एन्जेलिनाले ब्राडलाई अदालतमा उभ्याएकी छिन्।

    सम्बन्ध विच्छेदको मुद्दा दायरपछि ब्राडले बालबच्चाका लागि आवश्यक खर्च नदिएको एन्जेलिनाले आरोप छ। तर ब्राडले उनको आरोप अस्वीकार गर्दै आएका छन्। ब्राडका वकिलले अहिलेसम्म १३ लाख अमेरिकी डलर एन्जेलिनालाई दिइसकेको बुधबार अदालतमा बताए। यसका साथै एन्जेलिनालाई घर खरिदमा मद्दत गर्नको लागि ब्राडले ८० लाख अमेरिकी डलर ऋण लिएको पनि उनले बताए।

    एन्जेलिना र ब्राड सन् २००५ देखि साथमा थिए र सन् २०१४ मा उनीहरू वैवाहिक बन्धनमा बाँधिएका थिए। त्यसको दुई वर्षपछि उनीहरू छुटिएका थिए।

    एन्जेलिनाले मिडिया कभरेजका लागि झुटो दाबी गरिरहेको ब्राडका वकिलले आरोप लगाएका छन्। तर एन्जेलिनाले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्।

    एन्जेलिनाका वकिलले बालबच्चाको भरणपोषणका लागि आवश्यक खर्च दिनु ब्राडको वैधानिक कर्तव्य भएको बताएका छन्। उनले भने, 'एन्जेलिनाबाट छुटिएपछि ब्राडले बालबच्चाको भरणपोषणका लागि कुनै प्रकारको रकम दिएका छैनन्।'

    अदालतमा जम्मा गरिएका कागजातमा उनले भनेका छन्, 'डेढ वर्षभन्दा धेरै समयदेखि बालबच्चाको खर्चका लागि ब्राडले रकम दिएको छैन। त्यसैले एन्जेलिनाले खर्चको माग गर्दै अदालतमा उजुरी दर्ता गरेकी हुन्।'

    एन्जेलिनाले सम्बन्ध विच्छेदको कारणमा बढ्दै गरेको दूरी र मतभेद बताएकी थिइन्। त्यसपछि बालबच्चाको भरणपोषणको विषयलाई लिएर दुवैबीच लामो विवाद भएको थियो। त्यतिबेला ब्राडलाई बालबच्चामाथि शोषण गरेको आरोप पनि लागेको थियो। यद्यपि उक्त आरोप पुष्टि हुन सकेन।

    सन् २००५ मा रिलिज फिल्म 'मिस्टर एन्ड मिसेस स्मिथ'ले दुवैलाई नजिक ल्याएको थियो। त्यसपछि उनीहरूका फ्यानले उनीहरूलाई 'ब्रान्जेलिना'को उपनाम दिएका थिए।

    एन्जेलिनासँग ब्राडको दोस्रो विवाह थियो। ब्राडले यसअघि अभिनेत्री जेनिफर एनिस्टनसँग विवाह गरेका थिए। तर एन्जेलिनाले अभिनेता जोनी लि मिलर र बिली बब थार्नटनसँग विवाह गरिसकेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]