अर्थ

श्रम नियमावलीमा साना उद्योगीको आपत्ति

साउन २५, २०७५

    काठमाडौंः घरेलु तथा साना उद्योगीहरुले सरकारले हालै लागू गरेको श्रम नियमावलीप्रति आपत्ति जनाएका छन्।

    नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले यही महिनाबाट लागू गरेको श्रम नियमावलीले घरेलु तथा साना उद्यमीलाई मारमा पारेको भन्दै आपत्ति जनाएका हुन्। नियमावलीमा गरिएको व्यवस्था अनुसार उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै महासंघले त्यस सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको गम्भिर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

    सरकारले श्रावण महिनाबाट लागू गरेको नियमावलीले उद्योग चलाउन नसक्ने अवस्था आएकाले सो सम्बन्धमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय गरिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए।  शुक्रबार काठमाडौंमा सरकारले हालै लागू गरेको श्रम नियमावलीका विषयमा छलफल गरिएको थियो। सोही छलफलमा भाग लिँदै महासंघका कार्यबहाक अध्यक्ष सिंहले यो नियमावलीले आफूहरुलाई मारमा पारेको पनि स्पष्ट पारे।

    नियमावलीमा श्रमिकहरुको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ तोकिएको छ। महासंघका अध्यक्ष सिंहले सो पारिश्रमिक दिने अवस्था पनि नेपालका साना उद्योगहरुसँग नरहेको स्पष्ट पारे।

    महासंघले कामदारहरुलाई सीपयुक्त तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। सरकारले दक्ष कामदारका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने कार्यबहाक अध्यक्ष सिंहको भनाई छ। उनले दक्ष कामदारका लागि सीपयुक्त तालिम दिने व्यवस्था सरकारले नगरे मुलुक भित्रै रोजगारीको अवस्था सृजना गर्ने सरकारको योजना अघि बढन नसक्ने चेतावनी पनि दिए।

    सरकारले हालै लागू गरेको श्रम नियमावलीमा विदेशी कामदारलाई काम गर्न दिन नपाउने व्यवस्था गरिएको छ। महासंघले सो व्यवस्था नियमावलीमा गरेकोमा पनि आपत्ति जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]