राजनीति

शिक्षामा नीजि क्षेत्रको सिन्डिकेट र पुँजीपतिको वर्चश्व अन्त्य गर्नपर्छ : गृहमन्त्री

साउन २५, २०७५

    चितवन : गृहमन्त्री रामबहादुर थापाले शिक्षामा निजी क्षेत्रको सिन्डीकेटको अन्त्य गर्दै निःशुल्क शिक्षालाई जोड दिनुपर्ने बताएका छन्। उनले शिक्षामा पुँजिपतिको वर्चश्व अन्त्य गर्दै समाजवादी शिक्षा लागु गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा प्राविधिक र व्यवहारिक शिक्षाको खाँचो रहेको औँल्याएका छन्।

    चितवनको भरतपुरमा शुक्रबार कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी संगठनद्धारा आयोजित गृहमन्त्रीको सम्मान कार्यक्रममा उनले भने, “शिक्षामा अहिले अल्पसंख्यक पुँजीवादीको हाबी छ,' उनले भने बहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्।'

    विदेशमा नेपाली पढ्न जाँदा समेत नेपाली पुँजी बाहिरीएको तर्कगर्दै गृहमन्त्री थापाले यसका लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा दिन सरकार गम्भीर भएर लागेको समेत उल्लेख गरे। उनले शिक्षा एकाधिकारको अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरे।

    उक्त अवसरमा उपप्राध्यापकहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई दिएको सम्बन्धन सरकारले खारेज गरेकोमा खुसी व्यक्त गरेका थिए। सोही कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई सम्मानसमेत गरिएको थियो।

    तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्वविद्यार्थी समेत रहेका गृहमन्त्री थापा, राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनकै गौरव भएको भन्दै सम्मान गरिएको थियो।

    कृषि शिक्षामा सर्वसधारणको पहुँचमा पुर्‍याउन, निजी क्षेत्रलाई सम्बन्धन नदिन, कृषि परिषद् गठन र कृषि शिक्षा निती निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरूले माग गरेका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए।

    यसअघि चितवनका विभिन्न कार्यक्रममा सहभागि गृहमन्त्री थापाले शान्ति सुरक्षा मजबुद बनाउन सरकारले कुनै कसर बाँकी नराखेको उल्लेख गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]