राजनीति

बुद्ध सर्किटमा मोनोरेलबारे चीनियाँ टोलीसँग छलफल

साउन २५, २०७५

    बुटवल : प्रदेश-५ सरकारले बुद्ध सर्किटमा मोनोरेल चलाउनेबारे छलफल थालेको छ। प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले चाइना रेलवे इन्टरनेशन ग्रुपको एक टोलीसँग भेटेर रामग्राम-लुम्बिनी-कपिलवस्तु बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेका छन्। 

    भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताए। उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माणबारे छलफल गरी अघि बढ्न सकिने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए। मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर, निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेशयोजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव वसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न मुख्यमन्त्रीले चिनियाँ टोलीलाई आग्रह गरेका थिए। चिनियाँ टोलीले मोनोरेलको सम्भावनाबारे प्रस्तुति गरेको थियो। 

    चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रबन्धक वाङ यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसँग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाए। मुख्यमन्त्रीसँगको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरू सहभागी थिए।

    मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलवे इन्टरनेशनल ग्रुपअन्तर्गतको चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रवन्धक वाङ यु श्वे,चाइना रेलवे इन्टरनेशनल ग्रुपका अर्थशास्त्री याङ क्वाङसहितको टोली सहभागी थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]