काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक र...
नवलपरासी : पश्चिम नवलपरासीको घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग तथा व्यवसाय दर्ता गरी व्यवसाय गर्दै आइरहेका व्यवसायीले फर्मको मयाद सकिएर नविकरण गर्न जांदा समस्या हुने गरेको बताएका छन्। व्यवसायीहरूले समयमा फर्म नविकरण नहुँदा आफूले कारोबार गर्दै आइरहेको बैंक तथा विभिन्न वित्तीय संस्थाहरूमा समेत समस्या परेको व्यवसायीहरूले गुनासो गरेका छन्।
घरेलु तथा साना उद्योगले म्याद सकिएको एक वर्षभित्र जरिवाना लिएर नविकरण गर्दै आइरहेको छ भने एक वर्ष भन्दा बढीका कुनै पनि फर्मको नविकरण नहुने बताउँदै आइरहेको छ। व्यवसायीहरूले भने आफूहरू लागेको जरिवाना तिर्न तयार हुँदा समेत नविकरण नभएपछि नविकरण हुने अवस्था आए घरेलु तथा साना उद्योगले सो समय सम्मको पूरै जरिवाना लिने भएकोले आफूहरू थप मर्कामा पर्ने बताए।
घरेलु तथा साना उद्योग कार्यालयले फर्म नविकरण नगरीदिँदा बैंक तथा वित्तीय संघ संस्थाबाट ऋण लिएर व्यवसाय तथा उद्योग संचालन गर्दै आइरहेका व्यवसायीको ऋण समेत नविकरण नभएपछि व्यवसायी मर्कामा परेको जीमिरेभार ब्यापार संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए। घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख नन्दराम पौडेलले यो समस्या नवलपरासीको मात्र नभएर देशभरकै समस्या रहेको बताए।
पौडेलले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली २०२० को ११ औं संशाेधन नभएका कारण नविकरण म्याद सकिएको एकवर्ष भन्दा बढी समय भएका फर्महरूको नविकरण हुन नसकेको बताए। व्यवसायीले चाहेमा जरिवाना तिरेर फर्म खारेज गर्न भने सकिने पौडेलको भनाई छ। नियमावली संशाेधन भएर फर्म नविकरण हुने अवस्था आएमा भने नविकरण गर्ने समय सम्मकै जरिवाना तिर्नुपर्ने पौडेलले जानकारी दिए।
आन्तरिक राजश्व विभागले २०७१ सालयता कर नतिरेका व्यवसायीहरूको सम्पूर्ण जरिवाना मिनाहा गरी कर तिर्ने व्यवस्था मिलाएकाले घरेलु तथा साना उद्योग कार्यालयले पनि अहिले सम्मको जरिवाना मिनाहा गरेर फर्म दर्ता गर्नुपर्ने व्यवसायीको माग छ। व्यवसायीलाई मर्का परेको भन्दै जीमिरेभार ब्यापार संघ नवलपरासीले घरेलु तथा साना उद्योग विभागमा पत्राचार गरी फर्म नविकरणको ब्यवस्था मिलाई दिन आग्रह समेत गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।