विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको ...
काठमाडौं : लामो समयदेखि मिर्गौला रोगबाट पीडित साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार निधन भएको हाे।
बिहीबार बिहानको खाना खाएपछि घरमै अचानक लडेर बेहोस भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा आइसियुमा राखेर उपचार गरिँदै आएकोमा शुक्रबार त्यहाँबाट सुमेरु अस्पताल लगिएको थियो। सुमेरु अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको उनका माहिला भाइ पुष्पनिधि दाहालले जानकारी दिएका छन्।
उनको अन्त्येष्टिका बारेमा निधो भइनसकेको र शुक्रबार घर मण्डिखाटरमै लगेर राखिने पारिवारिक स्रोतले बतायो। उनले नेपाल प्रज्ञाप्रतिष्ठानमा आफ्नो लास नराख्न भनेकाले त्यहाँ नलैजाने तर साहित्यकारहरूसँगको सल्लाहबाट अन्त्येष्टिका बारेमा निर्णय गरिने भाइ पुष्पनिधिले बताए।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहाल बिहान घरमै लडेर बेहोस भएलगत्तै उनले नियमित उपचार गर्दै आएका बनस्थलीस्थित राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रमा लगिएको थियो। लामो समयसम्म डायलाइसिस गर्दै आएका दाहालको डायलाइसिसकै क्रममा स्वास्थ्यमा जटिलता थपिएपछि बुधबार दिउँसो २ बजेदेखि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ल्याइएको भाइ दाहालले बताए।
अन्नपूर्ण न्यूरो अस्पतालका डा. वसन्त पन्तको निगारानीमा रहेका दाहालको टाउकोमा रगत जमेकाले अपरेसन गर्नु पर्ने अवस्था आएको थियो। तर अपरेसन गर्दा थप जटिलता हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए।
दाहालले २०४० को दशकदेखि लामो समय रेडियो नेपालमा ‘साहित्य संसार’ नामक चर्चित साहित्यिक कार्यक्रमका संचालन गरेका थिए। रेडियो नेपाल छाडेपछि एचबिसी, अन्नपूर्णलगायत एफएम रेडियोहरूमा पनि उनले साहित्यिक कार्यक्रम संचालन गर्दै आएका थिए।
सम्बन्धित समाचार
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।