विश्व

क्यानडा बन्दुक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

एजेन्सी
साउन २५, २०७५

    क्यानडा : क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ। क्यानेडाली प्रहरीले चार जनाको मृत्यु भएको ट्वीटरबाट पुष्टि गरेको छ तर मृत्यु हुनेको नाम भने खुलाएको छैन।

    स्थानीय समयअनुसार शुक्रबार बिहानै ब्रुकसाइड नजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो।

    आक्रमणकारीबाट स्थानीय मारिएको सूचना आएको करिब एक घण्टापछि प्रहरीले एक जना शंकास्पद आक्रमणकारीलाई प्रहरी हिरासतमा लिइसकेको जनाएको छ।

    न्यू ब्रन्सविक प्रान्तको राजधानीमा भएको उक्त आक्रमणको कारण यो समाचार तयार पार्दासम्म थाहा हुन नसकेको तर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि हिंसाग्रस्त क्षेत्र प्रहरीले सिल गरेको छ।

    शहरको आवासीय क्षेत्रमा आक्रमण भएको क्यानाडेली टेलिभिजन सीबीसीले जनाएको छ। घटनास्थलमा सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरूको समूह तथा अग्नी नियन्त्रक पुगेको सीवीसीले जनाएको छ। टेलिभिजनमा प्रहरीले स्थानीयलाई सुरक्षा दिई सुरक्षितस्थलतर्फ लगेको देखाइएको छ।

    बिहान सात बजे आफूले श्रंखलावद्धरूपमा पटकाको आवाज आएको सुनेको स्थानीय रोबर्ट डिडिओडाटोलाई उद्धृत गरी सीबीसीले जनाएको छ। आवाज बन्दूकबाट गोली चलाएकोजस्तो सुनिएको रोबर्टले बताएका सीबीसीले जनाएको छ।

    घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ। तर क्यानाडाली प्रहरीले घटनामा आइएसको सम्लग्नताको सम्भावनालाई नकारेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]