छापा

भदाै १ देखि लागू हुँदैछन् यस्ता कानुन

साउन २६, २०७५

    काठमाडौं : पहिलोपटक जंगबहादुर राणा र दोस्रोपटक राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक फेरबदल गरी नयाँ ऐन आउँदैछ। आगामी भदौ १ देखि लागू हुने नयाँ ‘मुलुकी देवानी(संहिता)’ र मुलुकी अपराध(संहिता) ऐन लागू हुँदैछ। 

    योसँगै १६५ वर्षदेखिअस्तित्वमा रहेको कानुन खारेज भई नयाँ कानुन लागु हुनेछ। राजधानी दैनिक लेख्छ, राजा सुरेन्द्रविक्रम शाहको पालामा शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले पहिलोपटक मुलुकी ऐन बनाएर लागु गरेका थिए। यसको व्यावहारिक कार्यान्वयन राजा महेन्द्रको पालामा २०२० सालबाट भयो। यति लामो इतिहास बोकेको कानुन अबो एक सातापछि परिमार्जनसहित कार्यान्वयन हुन लागेको हो।

    नेपालको पारिवारिक कानुनमा समयसापेक्ष सुधार गर्न नयाँ कानुन ल्याउन अघिल्लो संसदले पारित गरेको थियो। त्यसमा आएका कतिपय विषयले नयाँ सामाजिक मान्यतालाई भने नयाँ मुलुकी संहिताले पनि सम्बोधन गर्न सकेको छैन।

    दुवै कानुन कार्यान्यवन गर्न सर्वोच्च अदालतले फौजदारी र देवानी संहिताका लागि आवश्यक पर्ने मुलुकी देवानी कार्यविधि(अदालती कारबाही) नियमावली फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वयन), जिल्ला अदालत नियमावली र उच्च अदालत नियमावली (संशोधन) सहितका पाँच नियमावली तयार र परिमार्जन भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]