काठमाडौं : फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ। बहर...
विश्वमा सर्वाधिक हेरिने लिग फुटबल इंग्लिस प्रिमियर लिग सुरु भएको छ। शनिबार राति भएको लिगको उदघाटन खेलमा लेष्टर सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले खेलमा विजयी सुरुवात गरेको छ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन कप्तान पाउल पोग्बा र लुक शले समान एक एक गोल गरे। लेष्टरका जेमी भर्डीले एक गोल फर्काए। वर्ल्ड ट्राफोर्डमा भएको खेलको तेस्रो मिनेट मै कप्तान पोग्बाको पेनाल्टीमार्फत अग्रता दिलाएका थिए। लेष्टरका ड्यानियल अमरटेयले डिबक्सभित्र हातले बल रोकेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। जसमा विश्वकप विजेता टोलीका सदस्य पोग्बाले सहजै गोल गरे।
पहिलो हाफमा १-० ले आघि रहेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्यो। ८३ औं मिनेटमा शले गोल गर्दै लेष्टरविरुद्ध युनाइटेडलाई २-० को अग्रता दिलाए। खेलको इन्जुरी समयमा लेष्टरका भर्डीले एक गोल फर्काए पनि युनाइटेडको जितलाई रोक्नका लागि पर्याप्त भएन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।