स्वास्थ्य

जिल्ला अस्पतालमा शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द

साउन २६, २०७५

    बैतडी : जिल्ला अस्पताल बैतडीमा छ वर्षदेखि सञ्चालनमा रहेको शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएको छ। छ महिनादेखि उक्त सेवा बन्द भएपछि यस क्षेत्रका गर्भवती महिला जिल्लाबाहिर र भारत जान बाध्य भएका छन्।

    जिल्ला अस्पतालमा उक्त सेवा नहुँदा डडेल्धुरासम्म जानु परेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी सुनिता विष्टले दुखेसो पोखिन्। उनले भनिन्, ‘जिल्लामै उक्त सेवा भए बाहिर जानुपर्ने थिएन।’

    शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मर्कामा परेका छन्। ‘आर्थिक अवस्था राम्रो भएकाहरु बाहिर गएर पनि उपचार गराउन सक्छन्,’ दोगडाकेदारका गणेश विष्टले भने, ‘गरिब नागरिकको लागि ठूलो समस्या छ, यसको समाधानतर्फ सम्बन्धित निकायको तत्काल ध्यान दिनुपर्छ।’

    अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्टको केही महिनाअघि देखि बिरामी भएको र उनको दुई महिना निधन भएकाले सेवा नै बन्द गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। उनले भने, ‘जिल्ला अस्पतालमा एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागलाई लिखित जानकारी गराए पनि अहिलेसम्म व्यवस्था भएको छैन।’

    जनशक्ति अभावका कारण सेवाका लागि अस्पताल पुगेका गर्भवती महिलाहरुलाई अन्यत्र रेफर गर्नु परेको डा. विष्टका भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]