काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
काठमाडौं : स्व.रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ। जननायक रामप्रसाद राई फाउण्डेशन नेपाल र रामप्रसाद राई स्मृति प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरूको टोलीसहितले प्रधानमन्त्री ओलीलाई भेटी शुक्रबार ज्ञापनपत्र बुझाएको हो।
फाउण्डेशनकी अध्यक्ष सुष्मा राई र प्रतिष्ठानकी अध्यक्ष तारा राईले संयुक्त रूपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सम्बन्धित निकायसँग आवश्यक सरसल्लाह गरेर निर्णय गर्ने बताए।
यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै प्रचण्डले राईलाई राष्ट्रिय विभूति घोषणा गर्ने पहल गर्ने अाश्वासन दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।