खेलकुद

दोस्रो टेस्टकाे पहिलो इनिङमा १०७ रनमै समेटियो भारत

साउन २६, २०७५

    बिहीबारबाट हुने तय भएको भारत र इंग्ल्यान्डबीचको दास्रो टेस्ट वर्षाले पहिलो दिन प्रभावित बनायो। तर दोस्रो दिन खेल हुँदा भारत निकै खराब स्कोरको शिकार भयो। भारत पहिलो इनिङमा १०७ रन मात्र बनाउन सक्यो।

    उसका लागि रविचन्द्र आश्विनले  सर्वाधिक २९ रन बनाए। त्यस्तै विराट कोहलीले २३ अजिंक्य रहानेले १८ रन बनाए भने हार्दिक पाण्ड्याले ११ रन जोड्दा भारतका ६ ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन्।

    इंग्ल्यानडका लागि जेम्स एन्डरसनले सर्वाधिक ६ विकेट लिँदै भारतलाई दबाबमा राखे। एन्डरसनले १३ आभेर २ बल बलिङ गर्दे ५ मेडन राखेर २० रन मात्र खर्चिँदै पाँच विकेट चट्काएका थिए। उनले लर्डसमा सर्वाधिक ९९ विकेट लिएका छन्।  त्यस्तै ब्रोड र बोक्सले समान दुई विकेट लिए। भारतले अन्तिम १० ओभरमा ३८ रन बनाउँदा महत्त्वपूर्ण चार विकेट गुमाएको थियो। भारत अलआउट भएपछि अम्पायरले दिनको खेलको समाप्तिका घोषणा गरेका थिए।

    भारतले इंग्ल्यान्डविरुद्ध लर्डसमा ३९ वर्षपछि सर्वाधिक दोस्रो सर्वाधिक कम स्कोर तयार गरको हो। यसअघि १९७९ मा ९६ रनमा भारत अलआउट भएको थियो। वर्षाका कारण खेल दुई पटक रोक्नु परेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]