काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
जाजरकोट : समयअगावै हाजिर गरेर बेपत्ता हुने जिल्ला अस्पतालका चिकित्सकलाई स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको छ।
जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशन भएपछि अायोगले कारबाही प्रक्रिया थालेको हो। अायोगका कर्मचारीले जिल्ला अस्पतालबाट अन्य कामचोर कर्मचारीको पनि कागजात कब्जा लिएका छन्।
शुक्रबार राति नै अायोगको टोलीले सुर्खेतबाट आई जिल्ला अस्पतालका कागजात नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
बुधबार जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा जाजरकोट अस्पतालमा गरिएको छड्के अनुगमनका क्रममा कार्यालय प्रमुखलाई जानकारी नै नदिन हाजिर रजिस्टरमा साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएकाले राईलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।
'अनुशासनहीन काम गर्ने डा.राईलाई स्वास्थ्य सेवा ऐनअनुसार आवश्यक कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायत निकायमा लिखित पत्राचार गरेका छौँ’, प्रजिअ बस्नेतले बताए।
डा.राई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन्। विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उहाँले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ।
राईलाई मासिक दुई लाख ७७ हजार दुई सय ५० रुपैयाँ मासिक तलब दिने गरी प्रतिष्ठानसँग सम्झौता भएअनुसार जेठ र असारको पाँच लाख ५४ हजार पाँच सय रुपैयाँ भुक्तानी गरिएको जिल्ला स्वास्थ्यप्रमुख रामबहादुर नेपालीले बताए।
दुई वर्षअघि नै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको जाजरकोट अस्पतालमा जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा सुरु हुन सकेको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।