काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
काठमाडौै : साफ य'-१५ महिला फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै छ। साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली किशोरीहरूको टिम पहिलो खेलमानै जित निकाल्न ध्याउनमा हुनेछ। नेपालले थिम्पुस्थित चालिमिथाङ मैदानमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र पाकिस्तानसँग नेपाली समयअनुसार अपराह्न खेल्नेछ।
नेपालभन्दा कमजोर मानिएको पाकिस्तानलाई केही सहज मानिएको छ। तर, पहिलो खेलमा बंगलादेशसँग १४–० ले हारेको पाकिस्तानविरुद्ध मैदान उत्रँदा नेपाली टोली उच्च मनोबलमा हुनेछ।
यस्तै, नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसँग प्रतिष्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।