सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौं : पुरातात्विक महत्वका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणको माग गर्दै शनिबार बसन्तपुरको काष्ठमण्डपदेखि ललितपुर खोकना सम्म साइकल र्याली गरिएको छ। सरकार तथा सम्बन्धीत निकायको सम्पदा संरक्षणमा ध्यानाकर्षण गराउन साइकल र्याली गरिएको सहभागीले बताए।
कतिपय विकासले जनताको खुसी खोस्ने काम भएको भन्दै उनीहरू जनतामा खुसी ल्याउने विकास गर्न सरकारलाई सचेत गराए। विशेष गरेर विकास निर्माणको चपेटामा परेर आफ्नो ऐतिहासिक पुरातात्वीक सांस्कृतिक धरोहरहरु गुमाउने खतरामा परेका खोकनाबासीको पीडालाई उचित सम्बोधन गर्न पनि युवाले सरकारको ध्यानाकर्षण गराएका छन्।
२०७२ को महाभूकम्पपछि सम्पदा प्रेमी युवाहरुले हरेक बर्ष साउन र भदौको बीचमा भुकम्पले क्षति पुर्याएर सम्पदाको पुनर्निर्माण र संरक्षणको माग गर्दे साईकल र्याली गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।