राजनीति

प्रधानमन्त्री र डा. केसीबीच भेट, अोलीले राखे समिति बनाउने प्रस्ताव

साउन २६, २०७५

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षण अस्पतालका डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले केसीलाई शनिबार भेटेका हुन्। भेटमा केसीले आफूसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक आउनुपर्ने बताएका छन्। 

    सहमति तोडमोड भएमा आफू १६ औं अनसन बस्ने बताए। ओली र केसीका बीचमा बालुवाटारमा भेट भएको हो। ओलीलाई भेट्न केसी बालुवाटार पुगेका हुन्। ओलीले सहमति अनुसार संसदमा संशोधन प्रस्ताव दर्ता भएकोले त्यसलाई पारित गर्ने आश्वासन दिएका छन्। 

    साथै ओलीले डा. केसी समेत संलग्न भएको समिति बनाएर अन्य समस्या समाधान गर्ने बताएका छन्। तर केसीले त्यसमा आफू बस्न आवश्यक नभएको र आफ्ना प्रतिनिधि राख्दा हुने जवाफ दिएको डा. केसी स्रोतले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]