काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : नायक पुष्प खड्का दुई फिल्ममा अनुबन्धित भएका छन्। उनी मह सञ्चारले निर्माण गर्न लागेको फिल्म ‘दाल भात तरकारी’ र नवल नेपालले निर्देशन गर्ने अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन्।
मह सञ्चारले निर्माण गर्ने ‘दाल भात तरकारी’मा उनी मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन्। यस फिल्ममा उनको जोडीका रूपमा नायिका स्वस्तिमा खड्का रहनेछिन्। किरण केसी प्रस्तुतकर्ता रहेको यस फिल्मलाई किरणका छोरा सुदन केसीले निर्देशन गर्नेछन्। हाल फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ भने रिलिज मिति आगमी वैशाख १३ लाई तय गरेको छ।
त्यस्तै, उनी ‘मंगलम’ निर्देशक नवल नेपालले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका हुन्। फिल्मको नाम तय नभए पनि नायिकाको छनोट भने भइसकेको छ। यस फिल्ममा नवनायिका रेविका गुरुङ पुष्पको अपोजिटमा देखिनेछिन्। हाल फिल्मको वर्कसप चलिरहेको छ।
पुष्प र रेविकाको जोडी बाँधिने यस फिल्मलाई पुनम गौतमले निर्माण गर्नेछिन्। पुष्पले पुनमकै निर्माण रहेको फिल्म ‘अझै पनि’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए। त्यस्तै, निर्देशक नवलसँग उनले मंगलममा काम गरेका छन्। यस फिल्म माघबाट छायांकनमा जाने तयारीमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।