समाज

निर्माण सामग्री अभावले वैकल्पिक मार्गकाे काम सुस्त गतिमा

साउन २६, २०७५

    उदयपुर : राष्ट्रिय गौरवको आयोजना मानिएको धरान-चतरा-हेटौँडा सडक योजना निर्माणको काम सुस्त गति भएको छ। आयोजनालाई आवश्यक पर्ने ढुंगा, गिटी बालुवा अभाव भएकाले निर्माण कामले सुस्त गति लिएको हो।

    पूर्वी खण्डमा जम्मा एकसय ३४ किलोमिटर सडक पर्दछ। पूर्वी खण्ड निर्माण गर्न ठेक्का लिएको कम्पनी जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले ढुंगा, गिटी, बालुवा अभाव भएकाले समस्या भएको जानकारी दिए। ‘असार, साउन, भदौमा नदीजन्य ढुंगा, गिटी, बालुवा बन्द हुने गरेको छ।’ उनले भने, ‘थप भण्डारण र प्रयोगका लागि स्थानीय,प्रदेश र संघीय सरकारले रोक्दा सडक निर्माणको काम सुस्त गतिमा भएको हो।’

    स्थानीय तहले समेत ढुंगा, गिटी, बालुवमा उठाउन रोक लगाएपछि कामले गति लिन नसकिएको उनको गुनासो छ। त्रियुगा नगरपालिकाले सरकारले संरक्षित क्षेत्रम ३ महिना (असार, साउन र भदौ) नदीजन्य पदार्थको निकासीमा रोक लगाए पनि राट्रिय गौरवको योजनामा पर्ने धरान-चतरा-हेटाैंडा सडक योजना लगायतलाई पहिले नै वातावरणीय असर मूल्यांकन भएका खोलाबाट निकासी गर्न दिने निर्णय गरेको थियो। तर अहिले ठप्प छ। 

    जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका इन्जिनियर सितारमा दाहालले ढुंगा, गिटी बालुवमा भण्डारण गरेर राखेको ठाउँमा काम भइरहे पनि धेरै ठाउँमा काम ठप्प जस्तै भएको बताए। ‘ठूला तथा राष्ट्रिय गौरवको आयोजनामा काम सरकारले नरोख्ने ढुंगा, गिटी र बालुवामा रोकिने गरेको छ,’ उनले भने, ‘हामीले जिल्ला प्रशासन, जिल्ला समन्वय समितिमार्फत मन्त्रालयको ध्यान आर्कषण गर्ने काम भइरहेको छ।’


    आगमी तीन वर्षभित्र निर्माण सक्ने गरी काम भएको आयोजनाको काम वर्खायाम सुरू भएपछि सुस्त गतीमा भएको सडक आयोजना कार्यालयले जानकारी दिएको छ। ढुंगा, गिटी, बालुवा अभवा भएपछि सडक निर्माणले गति लिन नसकेको सडक योजना पूर्वीखण्ड गाइघाटका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले जनाकारी दिए।

    ‘वर्खायाम सुरू भएपछि वैकल्पिक लोकमार्गको काममा केही समस्याहरू आएका छन्,’ उनले भने, ‘असार, साउन र भदौमा ढुंगा, गिटी बालुवाकै समस्या हुने गरेको छ। ठेकेदारहरूले पनि त्यही समस्या दखाउँदै आएका छन्।’ नगरपालिकाले जिल्ला समन्वय समितिले तोकेकै दर रेटमा निकासी गर्न गर्न दिने भनिए पनि संघीय कानुनले रोक लगाएपछि ढुंगा, गिटी, बालुवा अभाव भएको छ। नदीजन्य पदार्थको प्रयोग पूर्ण अधिकार स्थानीय तहलाई छ।

    चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको निकासीलगायत बन्दोवस्त स्थानीय तहले गर्ने भनिएको छ। यता सरकारले राष्ट्रिय गौरवको योजना भएकाले तोकेको समयमा सक्नुपर्ने भन्दै पटकपटक ताकेदा गर्ने गरेको छ। समयावधि तोकेर ठेक्का दिए पनि सरकारी सहयोग नपाउँदा अपेक्षित गतिमा काम नसकेको निर्माण कम्पनीको दावी छ।

    विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्बको लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम सुरू गरिएको थियो। यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का कोभेकररसुवारटुन्दी जेभी कन्स्ट्रक्सनले काम गरिरहेको छ। ढेड वर्ष अघि निर्माण कार्य सुरू भएको आयोजना २०७६ सालसम्म निर्माण सक्ने निर्माण कम्पनी र नेपाल सरकारबीच सम्झौता भएको छ। 

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]