पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
चितवन : मानव वेचविखन र अबैध ओरासपसारका घटनाको रुप फेरिएको भन्दै सम्बद्ध विज्ञहरूले आधुनिक अनुसन्धान पद्धतिको विकास गरी समन्वयलाई चुस्त पार्नुपर्नेमा जोड दिएका छन्। महान्यायाधिवक्ताको कार्यालय अपराध शास्त्रीय अनुसन्धान केन्द्र, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र माइती नेपालको संयुक्त आयोजनामा चितवनको रत्ननगरस्थित सौराहामा शनिबार सम्पन्न दुईदिने कार्यशाला गोष्ठीका सहभागी विज्ञहरूले यस्तो बताएका हुन्।
सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईले मानव वेचविखन बढ्दो क्रममा रहेको भन्दै त्यसतर्फ समन्वयात्मक ढंगबाट काम गर्नुपर्ने जरुरी रहेको बताए। शुक्रबारदेखि सुरु भएको मानव बेचविखन तथा ओसारपसार र असुरक्षित बैदेशिक रोजगारका सम्बन्धमा देखिएका चुनौती र समाधान विषयक सरोकारवाला बीच समन्वय गोष्ठीेको आज समापन गर्नुहुँदै भट्टराईले आजकोे निचोडले घटना न्यूनीकरणमा सहयोग पुग्ने भन्दै सबै क्षेत्रबाट चनाखो हुनुपर्नेमा जोड दिए।वेचविखनमा परेकालाई उद्धार गरेर मात्रै नपुग्ने भन्दै उनले क्षमतावान बनाएर आयआर्जनमा लगाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा माइती नेपालका कार्यवाहक अध्यक्ष विश्वराम खड्काले मानव वेचविखनसम्बन्धी न्याय निरुपण र अनुसन्धानमा चुनौती रहेको औंल्याए। उनले वेचविखन र अबैध ओरासपसारको रुप बदलिएको भन्दै बदलिंदो स्वरुप अनुसार आधुनिक अनुसन्धान र प्रविधिको प्रयोग गर्नु अत्यावश्यक भइसकेको बताए। उनका अनुसार मानव वेचविखन सम्बन्धी ऐन संशाेधनको प्रक्रियामा रहेकाले ऐनमा देखिएको समस्या र समाधानका उपाय खोजीका लागि सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिलाई सहभागी गराएर कार्यशाला गरिएको पनि बताए। कार्यक्रममा विभिन्न १२ जिल्लाका प्रहरी, सरकारी वकिल, तथा अदालतका प्रतिनिधिहरू सहभागी थिए।
उनले मानव वेचविखन र अबैध ओसारपसार रोक्न पहिलो त समन्वयको खाँचो रहेको औंल्याउनुभएको थियो। कार्यशालाले वेरोजगारी, गरिबी, जनचेतना र शिक्षाको कमि, प्रलोभन लगायत कारणले मानिस बेचविखनमा पर्ने गरेको निष्कर्ष निकालेको छ। यस्ता घटना रोक्न कानुनलाई सरल बनाउँदै विभिन्न देशसँग पनि पारस्परिक कानुनी सहायताको खाँचो रहेको कास्कीका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। मोरङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले पिडकले राजनीतिक संरक्षणमा उन्मुक्ति पाउने अवस्थाले जटिलता पैदा गरेको जिकिर गरे।
वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव कृष्णजिवी घिमिरेले अन्तिममा पीडितबाट मुद्दा फिर्ता लिने अवस्थाले पनि कानुन कार्यान्यवनमा समस्या आइरहेको तर्क गरे। शुक्रबार उक्त कार्यशाला गोष्ठीको उद्घाटनका क्रममा बोल्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले हरेक क्षेत्रको सक्रिय सहभागितामा मानव वेचविखन निरुत्साहित गर्नुपर्नेमा जोडदिंदै गोष्ठीको निष्कर्षलाई कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता जनाए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।