समाज

कार र मोटरसाइकल एकापसमा ठोकिँदा एकजनाको मृत्यु

साउन २६, २०७५

    बारा :  पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका १३ स्थित बाह्रकिलो पुलमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्युु भएको छ।

    निजगढबाट पथलैयातर्फ आउँदै गरेको बा १८ च ५४४६ नम्बरको कार र निजगढतर्फ गइरहेको बा ९२ प ४४१२ नम्बरको मोटसाइकल एकापसमा ठक्कर खाँदा मोटसाइकलमा सवार रौतहटको गरुढा नगरपालिका ६ का ४० वर्षीय मोहमद् साकिर दर्जीको मृत्यु भएको हो। मोटसाइकलमा पछाडि सवार दर्जीको विरगन्जको गन्डकस्थित हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो।

     मोटसाइकलमा चालक सोही ठाउँका मोहमद् जिकुरुला हक दर्जी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मोटसाइकलमा चालक दर्जीको वीरगन्जको गन्डकस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिक्रम लामाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]