राजनीति

दिगो विकासका लागि युवाको भूमिका महत्वपूर्णः सभामुख

साउन २६, २०७५

    काठमाडौंः सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

    राष्ट्रियसभागृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्दै सभामुख महराले दिगो विकास लक्ष्य २०३० पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन्र उनले भने ‘‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो, यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३० पारित गरिएको छ । दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हाँसिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।”

    विकासको साझा मुद्धामा सबै एक ठाउमा उभिए मात्रै लक्ष प्राप्त हुने र त्यसको नेतृत्व युवाहरुले लिनुपर्ने धारणा उनको थियो। ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुई दिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ २३ वटा एसियाली मुलुकका प्रतिनिधिहरु सहभागी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]