अर्थ

इन्जिनमा समस्या देखिएपछि एनएसीको एयरबस दोहामा ग्राउन्डेड

फाइल फोटो
साउन २६, २०७५

    काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी) को न्यारोबडी एयरबस कतारको दोहामा ग्राउन्डेड भएको छ। नियमित उडानका रहेको एयरबसर इन्जिनमा समस्या देखिएपछि शुक्रबारबाट ग्राउन्डेड भएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए। 

    शुक्रबारदेखि समस्या देखिएपनि अहिलेसम्म कस्तो समस्या हो र के गर्ने भन्ने विषयमा निगम अन्योलमा देखिएको छ। 'उडाउन नसकिने गरि बिग्रिएको हैन, विमानको एउटा इन्जिनमा समस्या देखिएपनि ग्राउन्डेड गरेका हौँ' कंसाकारले थाहासँग भने।

    यस विषयमा निर्माता कम्पनीसँग छलफल भइरहेको कंसकारले बताएका छन्।'के गर्ने भन्ने विषयमा हामीले निर्माता कम्पनीलाई सोधेका छौँ, अहिलेसम्म जवाफ आएको छैन' कंसाकारले भने।

    उनले निर्माता कम्पनीको जवाफपछि मात्रै दोहामा नै प्राविधक बोलाएर मर्मत गर्ने वा उडाएर अन्त लगरे मर्मत गर्ने भन्ने निर्क्यौलमा पुगिने बताए। अन्तर्राष्ट्रिय उडानको एयर बस ग्राउण्डेड हुँदा नियमित उडानमा भने समस्या देखीएको छ।

    निगले अन्तर्राष्ट्रिय उडानलाई प्रभावकारी र सशक्त बनाउनको लागि दुईवटा वाइडवडी जहाज किनिसकेको छ, भने एउटा जहाजले कतारको लागि नियमित उडान सुरु गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]