काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। हिजो ...
- एजेन्सीको सहयोगमा
जलवायु परिवर्तनका कारण पछिल्लो समय कतिपय देशले बाढी-पहिरोको सामना गर्नुपरेको छ। जसका कारण ठूलो मात्रामा मानवीयका साथै भौतिक क्षति भएको छ भने कतिपय देशमा गर्मीले जीवनयापनमा कठिनता थपेको छ। पछिल्ला केही दिनयता जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायतका देशहरू गर्मीले आक्रान्त छन् भने युरोपका केही भाग र एसियाका केही देश बाढी पहिरोको चपेटामा परेका छन्।
वर्षाको सिजनभन्दा पहिलै आएको बाढीका कारण युरोपियन देशअन्तर्गनको फ्रान्समा सयौँ व्यक्ति घरबारविहीन भएका समाचार आएको छ। त्यस्तै अस्ट्रेलियाको खडेरीले त्यहाँका किसानलाई पुस्तौँदेखि गर्दै आएको गाईपालनबाट पलायनतिर धकेल्ने देखिएको छ।
फ्रान्सको दक्षिणी क्षेत्र आएको बाढीका कारण घरबारविहीन भएका एक हजार ६०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बिबिसीले जनाएको छ। गार्ड, अर्मेच र ड्रम क्षेत्रमा बाढीले ठूलो मात्रामा क्षति पुर्याएको हो। समर क्याम्पमा गएका केही बालबालिका हराइरहेको बताइएको छ। एकजना ७० वर्षीय जर्मनले हराइरहेका बालबालिकाको खोजी कार्य गरिरहेको बिबिसीले उल्लेख गरेको छ।
उक्त क्षेत्रमा बाढीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ४०० भन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिएको छ। त्यस्तै चारवटा हेलिकोप्टरले बाढीमा फसेकाहरूलाई सुरक्षित स्थानमा ल्याउने काम गरिरहेको समाचारमा जनाइएको छ। क्षेत्रीय प्रहरी प्रवक्ताले १० व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्।
यो वर्षाको समय नभएता पनि हुरीसहित आएको बाढीले दक्षिणी फ्रान्सलगायत युरोपका धेरै देशमा ठूलो क्षति पुर्याएको हो। युके मौसम विज्ञान कार्यालय, मार्को पेटागनका अनुसार २४ घण्टामा तीन इन्चसम्म पानी परेको थियो।
फ्रान्सका आन्तरिक मामिलामन्त्रीले एक वक्तव्य दिँदै छवटा विभागलाई बाढीग्रस्त क्षेत्रमा परिचालन गरिएको जानकारी दिएका छन्। बाढीका कारण १७ हजार घरहरूमा विद्युत् आपूर्ति पनि बन्द भएको पनि बताइएको छ। केही गाउँले बाटाहरू बाढीका कारण खोलाको रुप लिएका थिए।
गार्ड जिल्लाको सेन्ट जुलियन डे प्यारोलस् समर क्याम्पबाट ११९ बालबालिकाको उद्धार गरिएको छ। जर्मन क्याम्पमा रहेका अन्य केही बेपत्ता भएको पनि जनाइएको छ। जर्मनहरू बेपत्ता भएकाहरूको खोजी कार्य गरिरहेका छन्। उक्त क्षेत्रमा धेरै शैक्षिक संस्थाहरूले समर क्याम्प संचालन गरेका थिए। सोहो समयमा अचानक ठूलो हावाहुरीसहित पानी परेको थियो।
त्यस्तै यता पूर्वी अस्ट्रेलियामा भने गर्मीले आक्रान्त पारेको समाचारमा जनाइएको छ। न्यु साउथ वल्सले बुधबार उक्त क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका छन्। क्यूनस्ल्यान्डको आधाभन्दा धेरै क्षेत्रको अवस्था पनि यस्तै भएको बताइएको छ। धेरै किसानहरूले गर्मीका कारण संघर्षपूर्ण तरिकाले जीवनयापन गरिरहेका छन्। पानी पर्ने आसमा आउँदो महिनाको प्रतीक्षा गरिरहेका छन्।
पानी नपरेका कारण यस क्षेत्रका गाई किसानलाई ठूलो समस्या भएको सुनासो गरेका छन्। गाई किसानहरूले गाईवस्तुलाई के खुवाउने भनेर चिन्ता व्यक्त गरेका छन्। न्यु साउथ वल्सका गाई किसान जेसोन म्यालोनीले भने 'यस्तो होस भनेर कसैले सोच्दैन यद्यपि जन्मेदेखि अहिलेसम्म हामीले यस्तो समस्या भोग्दै आएका छौँ, तर यसबाट कसरी बाहिर आउने भन्ने कुनै उपाय सुल्झाउन सकिएको छैन। सबै जमिन सुकेर चिराचिरा भएको छ, अब गाईवस्तुलाई के खुवाउन भनेर चिन्ता भएरहेको छ।'
गाई किसान एश्लेइ गाम्बेको परिवारले क्यूनस्ल्यान्डको दुग्ध उद्योगमा काम गर्न थालेको १५० वर्ष पुगेको छ। उनलाई डर छ पाँच पुस्तादेखि गर्दै आएको पेशा कतै छोड्नु पर्ने त होइन् भन्नेमा। उनका ८५० वटा गाईले एक वर्षमा पाँच मिलियन लिटर दूध उत्पादन गर्दछन्। तर पछिल्ला दिनमा गर्मले गर्दा दूध उत्पानमा कमी आएको छ। उनीको पार्म अहिले घाटामा चलिरहेको छ र गाईलाई खुवाउन घाँसपात किन्न नसक्ने अवस्थामा पुगेका छन्।
यहिले यस क्षेत्रमा गाईवस्तुका लागि आवश्यक दाना र पराल किन्नका लागि ठूलो मूल्य चुकाउनु पर्ने भएको छ। 'एक ट्रक परालको चार हजार अमेरिकी डलर पर्छ तर त्यो एक दिन पनि पुग्दैन्', गाई किसान गाम्बेले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।