काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
चितवन : चितवनमा ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-३ न्यूरोडबाट पक्राउ परेका उनीहरूविरुद्ध शनिबार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
पक्राउ पर्नेहरूमा नवलपरासी जिल्ला गैडाकोट नगरपालिका-१ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका-३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका-७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका-२ का २६ वर्षीय सलिम मिया र चितवन खैरहनी नगरपालिका-१ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य रहेका छन्। उनीहर"को साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम १ हजार ५४५ ट्यावलेट, स्पास्मो प्रोक्सिभन, ४८ क्याप्सुल, फेन्सिडिल, (१०० एमएल) को ११ बोतल बरामद गरिएको ढकालले जानकारी दिए।
चितवनको नारायणगढस्थित न्यूरोडमा गत मंगलबार ना २४ प ११०० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषधसहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको थियाे। उनीहरूको बयानका आधारमा लालकृष्ण ढकाल, सलिम मिया र अमृत आचार्यलाई पनि शनिबार नारायणगढबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ। उनीहरू लागु औषधको ओसारपसार, संचय, बिक्री वितरण तथा सेवनमा समेत संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले गैंडाकोटमा रहेको किरण जिसीको घरमा लुकाई राखेएको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएकाे छ।
पक्राउ परेकाहरूलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।