काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले चीनको लेप्चादेखि ढल्केवर हुँदै भारतको सिमानाका भिठ्ठामोडसम्म सडक विस्तारको थालनी गर्न लागिएको बताएका छन्। नेपाल-भारत-चीनसँगको परस्पर सम्बन्ध कायमका लागि समान नीतिका साथ दुवै देशसँग रेल सम्बन्ध स्थापित गरी पर्यटन प्रबर्द्धन तथा व्यवसायलाई महत्वका साथ अगाडि बढाइएकाे बताएका हुन्।
जनकपुरधाममा आयोजित मारवाडी सेवा समितिको स्वर्णजयन्ती महोत्सव समारोहमा बोल्दै मन्त्री महासेठले नेपालकार सिमावर्ती क्षेत्र भारत जयनगरदेखि वीरगञ्जसम्म रेल सेवा सञ्चालन गर्न तीव्र गतिमा काम अघि बढाइएको बताए। कम्युनिष्ठ सरकार पाँचवर्ष यताउत्ता नहल्लिने जानकारी गराउँदै अबको पाँच वर्षमा विकासको मोडेल योजना तयार गरी कार्यान्वयनको दिशामा सरकार अग्रसर भएको बताए।
भारतीय सिमावर्ती क्षेत्र जटहीदेखि जनकपुरधाम सम्म हाल निमार्णाधीन ६ लेन सडक खण्डको नाम शहीद दुर्गानन्द झाको नामबाट नामकरण गरिने मन्त्री महसेठले जानकारी गराए। नेकपाका नेता समेत रहेका महासेठले भने, 'नेकपा मधेस विरोधी पार्टी होइन। यहाँ मधेसमा केही शासक प्रवृतिका राजनीतिक दलको चंङुलमा फसेको छ। त्यही भएर मधेस वर्षौदेखि यतिका पछाडि परेको छ।’ उनले भने,‘नेकपाको सरकारले मधेस विशेष कार्यक्रमअन्तर्गत ३५२ करोड रुपैयाँको विकास योजना मधेसमा ल्याएको छु।
यदि कम्युनिष्ठ सरकार मधेस विरोधी भएको भए कसरी यतिको ठूलो बजेट आउथ्यो?’ उनले जनकपुरधामलाई लक्षित गरी तीन हजार विघालाई सरकारले औद्योगिक क्षेत्रको रुपमा विकास गर्न लागेको बताउँदै जनकपुरधाम, ढल्केवर औद्योगिक करिडोरको रुपमा घोषणा हुन लागेको समेत बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।