राजनीति

प्रदेश ७ को विकासमा सरकार लागिपरेको छ : मन्त्री बोहरा

विकासको वाधक भ्रष्टाचार

साउन २६, २०७५

    डडेल्धुरा : प्रदेश ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले प्रदेश सरकार प्रदेश ७ को विकासमा लागि परेको बताएका छन्। शनिबार सामुदायिक रेडियो अमरगढी डडेल्धुराको नवौँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बोहराले यस्तो बताएका हुन्।

    प्रदेश सरकार यहाँको समग्र विकासका लागि लागि परेको उल्लेख गर्दै उनले यहाँको विकासलाई तीव्रगतिमा अगाडि बढाउनमा प्रयत्नरत रहेको बताएका छन्। जनताले यस क्षेत्रको विकास गर्नका लागि चुनाव जिताएर सरकारमा पुर्‍याएको बताउँदै मन्त्री बोहराले कहीँकतै ढिलाइ नगरी विकास निर्माणमा आफूहरु कटिबद्ध भएर लागिरहेको बताए।

    अहिले प्रदेश सरकार संविधानले तोकेका कानुन बनाउन र संरचनाहरु निर्माण गर्न तर्फ पनि लागिरहेको जानकारी दिए।  सरकार प्रदेश ७ को सरकार गठन भएको पाँच महिना पूरा भएको उल्लेख गर्दै उनले यो अवधिमा सरकारले एक दर्जन भन्दा बढी कानुनहरु निर्माण गरिसकेको बताए।

    देश संघीयतमा गएसँग केही मात्रामा कर बढ्नु स्वभाविक भएको उनको भनाइ छ। संघीयता कार्यान्वयनमा जाँद बढेको करलाई जनताले आफ्नै ठाउँको विकासका लागि हो भन्ने बुझ्नु पर्ने उनले बताए।

    प्रदेश ७ मा धेरै सम्भावना रहेको बताउँदै मन्त्री बोहराले यी सम्भावनाहरुलाई सकार पार्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार एकजुट भएर अगाडि बढ्नु पर्ने बताए।

    विकासको वाधककारुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने उनको तर्क थियो। समाजमा विगतदेखि जरा गाडेर बसेको भ्रष्टाचारलाई अन्त्य गर्न कडाभन्दा कडा कानुन बनाउन जरुरी रहेको उनले बताए। ‘अहिले विकासको वाधककारुपमा रहेको भ्रष्टाचार रहेको छ। यो भ्रष्टाचार, अनियमितालाई अन्त्य गर्न सामुहिक रुपमा एक भएर लाग्नु पर्छ ।’ उनले भने, यसलाई नियन्त्रण गर्न, यसको अन्त्य गर्न कसरी हुन सक्छ, कडा कानुन बनाए वा विभिन्न  संयन्त्र बनाए भ्रष्टाचार नियन्त्रण गर्न जरुरी छ।’

     भ्रष्टाचारकै प्रसंगमा मन्त्री बोहराले डडेल्धुरामा हलिया मुक्त पुनस्थापन कार्यक्रम अन्र्तगत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको कुरा प्रदेश सरकारले गम्भीर रुपमा हेरिरहेका बताए। सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]