अर्थ

भारतको तामिलनाडुमा हुने १९ देशका व्यवसायीको भेलामा कैलालीका सात व्यवसायी

साउन २६, २०७५

    काठमाडौं : भारतको तामिलनाडुमा हुन लागेको १९ देशका व्यवसायीहरूको सम्मेलनमा कैलाली जिल्लाका सातजना व्यवसायी परेका छन्।

    अगस्ट १३ , १४ र १५ मा हुने उक्त सम्मेलनमा १९ देशवाट आएका चेम्बर अफ कमर्सका प्रमुखहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। उक्त अवसरमा कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कमर्सका दुईजना पदाधिकारीहरूसहित सातजना व्यवसायीहरूको शनिबार बिदाइ गरिएको छ।

    शनिबार अत्तरिया आयोजित एक कार्यक्रम गरी गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले सबैलाई ढाका टोपी लगाएर बिदाइ गरेका हुन्। कार्यक्रममा सहभागी हुन गोदावरी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तारा दत्त जोशीको नेतृत्वमा नौजनाको टोली शनिबार नै भारत प्रस्थान गरेको छ। जसमा महासचिव भुवन पाठक, व्यवसायीहरू हिक्मत खड्का, इन्द्रराज भट्ट, हरि भट्टराई, जयअदीप शाह, लक्ष्मण कुवर, लिलाधर जोशी र बालकृष्ण जोशी रहेका छन्।

    सम्मेलनमा कृषिसम्बन्धी प्रविधिक ज्ञान, प्रविधिको विकास, कृषि सामाग्रीहरूको प्रवर्द्धनलगायतका विषयमा छलफल हुने चेम्बर अफ कमर्स अत्तरियाका अध्यक्ष मल्लका बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]