राजनीति

कर्णाली प्रदेशका अधिकांश सरकारी भवनमा पानी चुहिएरै हैरान

साउन २६, २०७५

    सुर्खेत : कर्णाली प्रदेश सरकार तथा संसदले प्रयोग गरिरहेका अधिकांश सरकारी भवनहरूमा पानी चुहिन थालेका छन्। पुराना भवनहरूको मर्मत र संरक्षणमा ध्यान नहुँदा भवनमा चुहिन थालेको हो। मध्यपश्चिम क्षेत्रीय कार्यालयहरू रहेका पुरानै भवनहरूमा अहिले प्रदेश सरकारका अधिकांस मन्त्रालय, कार्यालय र आवासहरू रहेका छन्।

    सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पनि पानी चुहिन थालेको छ। अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थालेपछि प्रदेशसभा सदस्यहरू बैठकमा पानीबाट जोगिएर बस्नुपर्ने बाध्यता रहेको छ। गुणस्तरहीन भवन, नियमित मर्मत सम्भार नहुनु र भवन पुरानो हुँदै गएकाले पनि यस्तो भएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए। 

    शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्र गतिमा भइरहेको र साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेको सभामुख शाहीको भनाई छ। अब दुई महिना पछि अर्को अधिवेशन शैक्षिक तालीम केन्द्रमा बन्दै गरेको नयाँ हलमा बसाल्ने गरी तयारी गरिएको सभामुख शाहीको भनाई छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँ सराइँ सर्नुपर्ने अवस्था आएको बताए।

    भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताए। भवनहरू चुहिने मात्र नभई धमिरा पनि त्यत्तिकै लागेको मन्त्री खत्रीको भनाइ छ। शहरी विकास तथा भवन निर्माण विभागका क्षेत्रीय निर्देशनालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीले घर पुराना भएको र त्यसको मर्मत सम्भार नभएकाले यस्तो समस्या आएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]