काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
शक्तिखोर सुरुङमार्ग डिडिआरको चरणमा
चितवन : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चितवनको नारायणी लगायतका नदी समग्र देशकै विकासका निम्ति बरदान हुनसक्ने बताएका छन्।
अहिले पर्यटकहरूको आकर्षण हिमाल भन्दापनि समुन्द्र र नदी किनारमा बढेको भन्दै उनले चितवनको नारायणी, राप्ती र रिउ नदी विकासका लागि बदरान सावित हुनसक्ने औँल्याए।
अध्यक्ष प्रचण्डले भने, 'जलमार्गको कुरा गर्दा गण्डक–नारायणी एउटा भायबल नदी हो भन्ने कुरामा दुई मत छैन, मानिसको ध्यान माउन्टेनभन्दा नदी र समुन्द्रतीर केन्द्रित भएको छ, नारायणी हाम्रो लागि बरदान हुनसक्छ, रिउ र राती नदीपनि कनेक्टिभिटीका दृष्टीले महत्त्वपूर्ण छ।'
चितवन पर्यटन विकास समितिको आयोजनामा शनिबार भरतपुरमा आयोजित चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।
उनले चितवनको लागि वैकल्पिक राजमार्गको आवश्यकतामाथि जोडदिए। दाहालले केरुङदेखि ठोरीसम्म जोड्ने हुलाकी मार्गको लागि पृथ्वी राजमागको निश्चित विन्दुबाट शुरुङ खनेर चितवनको शक्तिखोरमा निकाल्ने योजना अघि बढेको समेत जानकारी गराए।
'शक्तिखोरमा शुरुङ निकालेर भरतपुर हुँदै माडी ठोरी लैजाने विषयमा छलफल मात्रै होइन कंक्रिट रूपमा डिपिआर बनाउनेतिर सरकार गएको छ', दाहालले थपे, 'त्यसो हुनेबित्तिकै मुग्लिनबाटोमा प्राकृतिक रूपमा जे समस्या छ त्यसको पनि समाधान हुने र कनेक्टिभिटीका दृष्टिले पनि महत्वपूर्ण हुन्छ।'
उक्त विषय अर्थ मन्त्रालयमा, प्रधानमन्त्रीसँग पनि र सरकारसँग पनि ध्यानाकर्षण भएको र आफैं पनि संलग्न भएकाले निर्माण हुनेमा उनले आश्वस्त पारे।
सडक निर्माणपछि हुलाकी मार्ग उत्तर दक्षिणको महत्त्वपूर्ण र छोटो बाटो हुने उनको दावी थियो। यसले चितवनको र समग्र देशकै पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे।
चितवनलाई विकास गर्नु भनेको समग्र देशकै विकास गर्नुभएकाले सिंगो देशलाई मध्यनजर गरेर चितवनको विकासमा लाग्नुपर्ने अध्यक्ष दाहालको भनाई थियो।
क्षेत्रीय र इलाकीय सोचले चितवनको विकास गर्नु नहुने तर्क उनको छ। जतिधेरै कनेक्टिभिटी, रेलमार्ग, जलमार्ग र हवाइमार्ग हुन्छ त्यति धेरै विकास हुने उनको दावी छ।
उनले नेपालमा अहिले व्यापार घाटा कमगर्नेतिर जोड दिएकोले विकास निर्माणमा कम ध्यान पुग्दा कताकता म्याच नभएको हो की भन्ने महसुस भएको बताए। सरकारको ध्यान सन्तुलित रुपमा विकास गर्ने रहेको दाहालले बताए।
चितवनम क्रिकेट मैदान, रंगशाला, सिटीहल, कभर्डहल, नारायणी र राप्ती रिङरोड पाइपलाइनमै रहेको र कार्यान्वयनतर्फ अघि बढेको उनले जानकारी दिए। अध्यक्ष दाहालले भने, 'विकास र कनेक्टिभिटी बढाउने कुरा विकासको फण्डामेन्टल कुरा हुन्।' उनले दक्षिण माडीको समस्या हल गर्न चितवन निकुञ्जको ऐन संसोधन गर्नुपर्नेमा जोड दिए।
सो क्रममा सातवटा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरूले आआफ्नो क्षेत्रको पर्यटन विकासका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले जिल्लाको पर्यटन विकाससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।